केन्द्रीय बैङ्कका गभर्नरले दिए राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

केन्द्रीय बैङ्कका गभर्नरले दिए राजीनामा



काठमाडौँ । श्रीलङ्काको केन्द्रीय बैङ्कका प्रमुख डब्ल्यु.डी. लक्ष्मणले शुक्रवार राजनीतिक र व्यक्तिगत कारण देखाएर राजीनामा दिएका छन् ।

१० दिनयताको दौडधुपले आफू मानसिक तनावमा परेको भन्दै उनले ८० वर्षको उमेरमा आफ्नो योजनाबद्ध अवकाशभन्दा छ हप्ता अगाडि आगामी मङ्गलवार देखी पदबाट हट्ने बताएका छन् ।

लक्ष्मणले राष्ट्रपति गोताबाया राजपाक्षको आर्थिक नीति तयार गरेको तर वैचारिक र व्यक्तिगत कारण यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसकेको बताए ।

उनले संवाददाताहरूसँग भने, ‘गत हप्तादेखि सञ्चारमाध्यममा अप्रिय रिपोर्टहरू आएका छन्, केही राजनीतिक मुद्दाहरू छन्, केही व्यक्तिगत मुद्दाहरू छन् । साधारणता, मेरो योजनाअनुसार काम गर्न सजिलो थिएन ।’ पछिल्लो समय विदेशी विनिमय सङ्कट तीव्र हुँदै गएपछि सरकारले आयातलाई नियन्त्रण गरेको छ ।


वित्त मन्त्री बाशीलले श्रीलङ्काले ‘खतरनाक विदेशी मुद्रा सङ्कट’ सामना गरेको घोषणा गरेको तीन दिनपछि केन्द्रीय बैङ्कका प्रमुखले राजीनामा दिएका हुन् । अधिकांश निजी बैङ्कले आवश्यक आयातका लागि लगानी गर्न विदेशी मुद्रा समाप्त भएको बताएपछि राष्ट्रपतिले गत हप्ता आर्थिक सङ्कटकालको घोषणा गरेका थिए ।

प्रकाशित : २६ भाद्र २०७८, शनिबार १९:०५