बीमा संस्थानले सक्यो तीन आबको साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

बीमा संस्थानले सक्यो तीन आबको साधारणसभा



काठमाडौं । विगत लामो समयदेखि साधारणसभा गर्न नसकेको सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले शनिबार सभा सम्पन्न गरेको छ । तीन आर्थिक वर्ष (२०६६–६७, २०६७–६८ र २०६८–६९) को सभा सम्पन्न गरेको छ ।

संस्थान परिसरमा सम्पन्न साधारण सभा संस्थानको २०७४ साल पछि बल्ल गरिएको हो । त्यसबेला ३०औं बार्षिक साधारणसभा गरेको संस्थानले आजको सभा ३१औं भएको जनाएको छ । संस्थानलाई लेखापरीक्षण चाँडै सम्पन्न गरी साधारणसभा गर्न अर्थमन्त्रालयदेखि बीमा समितिले पटक पटक दबाब दिँदै आए पनि सो कार्य सम्पन्न गर्न सकेको थिएन् ।

संस्थानका प्रशासक कवि पाठकले साधारणसभा सम्पन्न गर्न नसक्दा आफूहरूले वित्तीय अनुशासन पालन गर्न नसकेको देखिदै आएकोमा यो अवस्था छिट्टै अन्त्य हुने दावी गरे । उनले आगामी आर्थिक वर्षबाट निर्धारित समयभित्रै सधारण सभा सम्पन्न गर्ने बताए ।

आजको सभाले तीन आर्थिक बर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहितको आयव्यय विवरण छलफल गरी पास गरेको छ । संस्थानका अध्यक्ष गंगाराम कंडेलले बीमा क्षेत्रमा नयाँ कम्पनी थपिएसँगै चुनौतीहरू पनि थपिएको बताए । उनले अहिलेको प्रतिस्पर्धी समयमा संस्थानले बजार प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने बताए ।

प्रकाशित : २६ भाद्र २०७८, शनिबार २०:४९