नबिल बैङ्कले विभिन्न पदमा नयाँ कर्मचारी माग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नबिल बैङ्कले विभिन्न पदमा नयाँ कर्मचारी माग्यो



काठमाडौँ । नबिल बैङ्कले विभिन्न पदमा नयाँ कर्मचारी माग गरेको छ। बैङ्कले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरी नयाँ कर्मचारी माग गरेको हो। 


बैङ्कले अधिकृत, व्यवस्थापकीय तहको हेड स्ट्र्याटेजीदेखि डिजिटल बैंकिङमा असिस्टेन्टसम्मको पदमा ४७ जना नयाँ कर्मचारी माग गरेको हो। विभिन्न पदका लागि बैङ्कले त्यही अनुसार शैक्षिक तथा अनुभवको योग्यता तोकेको छ।   


बैङ्कले पदअनुसार स्नातकदेखि स्नातकोत्तरसम्मको शैक्षिक तथा २ देखि ७ बर्ष सम्बन्धित क्षेत्रमा कामको अनुभव तोकेको छ। 


नबिल बैङ्कमा आफ्नो बैङ्किङ करियर बनाउने चाहनेले आगामी असोज १ गते शुक्रवारसम्म आवेदन दिन सक्ने बैङ्कले जनाएको छ।

आवेदन दिन यहा किल्क गर्नुस् ।

प्रकाशित : २७ भाद्र २०७८, आईतवार १०:११