अब खल्तीबाट आफ्नो बैङ्क खातामा निःशुल्क रकम पठाउन सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अब खल्तीबाट आफ्नो बैङ्क खातामा निःशुल्क रकम पठाउन सकिने



काठमाडाैं । नेपाल राष्ट्र बैङ्कबाट अनुमति प्राप्त अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट ले ग्राहकहरूको अमूल्य प्रतिक्रिया तथा सुझावलाई मध्यनजर गर्दै खल्ती बाट बैङ्क खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने अफर सञ्चालनमा ल्याएको छ ।

 यस सेवा अन्तर्गत ग्राहकहरूले खल्तीबाट आफ्नो एक बैङ्क खाता सेभ गरी त्यसमा प्रत्येक अङ्ग्रेजी महिनाको अधिकतम ५ पटक वा रु. ५००० र दैनिक ३ पटक वा रु. ५००० सम्मको रकम निःशुल्क ट्रान्सफर गर्न सक्नेछन् ।

त्यसै गरी खल्ती बाट खल्तीमा उपलब्ध कुनै पनि बैङ्कमा रकम ट्रान्सफर गर्ने जोकोहीले रु. ५०% सम्मको क्यासब्याक पाउनेछन्। जस्तै, यदि बैङ्क ट्रान्सफर शुल्क रु. २० भएमा, रु. १० क्यासब्याक तुरुन्तै प्राप्त गर्न सकिन्छ ।  


उक्त सुविधा सम्बन्धमा खल्ती डिजिटल वालेटका मार्केटिङ अफिसर, श्री साकार केसीले भन्नुभयो, “हामीले ग्राहकहरूको अमूल्य सल्लाह तथा सुझावलाई पहिलो प्राथमिकतामा राखी यस निःशुल्क पैसा पठाउन सकिने सुविधा कार्यान्वयनमा ल्याएका हौँ। हामीलाई विश्वास छ यो सेवाले ग्राहकहरूको समय र पैसा बचत गर्न थप टेवा पुर्‍याउनेछ”

प्रकाशित : २७ भाद्र २०७८, आईतवार ११:१४