प्रत्येक महिना १० प्रतिशत बजेट खर्च गर्ने गरी संयन्त्र बन्छः अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रत्येक महिना १० प्रतिशत बजेट खर्च गर्ने गरी संयन्त्र बन्छः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक महिना १० प्रतिशत बजेट खर्च गर्ने गरी संयन्त्र बनाउने बताएका छन् । यसका लागि प्रत्येक महिना बजेट खर्चको प्रभावकारीतासम्बन्धी छलफल गरिने उनको भनाइ छ ।

भदौ २५ मा प्रस्तुत बजेट प्रतिस्थापन विधेयकका सन्दर्भमा अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले छोटो समयमा प्रतिस्थापन विधेयक तयारी पारेर बजेटमा सामान्य संशोधन गरिएको जिकिर गरे ।

वित्तीय अनुशान कायम गर्नका लागि बजेट आकार घटाइएको तथा राजस्व लक्ष्य बढाइएको उनको दावी छ । स्रोत सुनिश्चित नभएका कार्यक्रम, प्रतिबद्धता नआएका वैदेशिक ऋण तथा अनुदान बजेटमा हटाइएको उनले जानकारी दिए । पत्रकार सम्मेलनमा शर्माले भने, ‘बजेट मार्फत चालु खर्च घटाएरै भएपनि पुँजीगत खर्च बढाउने प्रयास गरिएको छ।’

यसैगरी बढ्दो व्यापारघाटा कम गर्ने, गरिवी निवारण गर्ने, कृषि उत्पादन वृद्धि गर्ने बजेटको मुख्य लक्ष्य भन्दै उनले प्रत्यक्ष लाभ मिल्ने गरी ५ लाख गरिव जनतालाई १० हजारका दरले नगद हस्तान्तरणको व्यवस्था गरिएको बताए ।

प्रकाशित : २७ भाद्र २०७८, आईतवार १६:१६