यस कारण सहकारीलाई कम्पनी खोलेर लगानी गर्ने नीति ल्याएकोः अर्थमन्त्री शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

यस कारण सहकारीलाई कम्पनी खोलेर लगानी गर्ने नीति ल्याएकोः अर्थमन्त्री शर्मा



काठमाडाै । अर्थमन्त्री जनार्दन शर्माले सहकारी क्षेत्रमा थुप्रिएको पुँजीलाई विद्यमान कानुनी व्यवस्थाले लगानीको लागि ढोका नखोलेका कारण सहकारीले कम्पनी खोलेर लगानी गर्न पाउने नीति ल्याएको बताएका छन् ।

शुक्रवार संसदमा पेश गरिएको प्रतिस्थापन विधेयकका सम्बन्धमा अर्थमन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक रुपले उठेका सवालहरुमा स्पष्ट पार्दै उनले सो कुरा बताएका हुँन ।

यो पनि पढ्नुस्

सहकारीसँग भएको ठूलो पुँजी उत्पादनको क्षेत्रमा लगानी भयो भने त्यसबाट रोजगारी सृजना हुनुको साथै राष्ट्रिय पुँजी निर्माणमा योगदान हुनसक्ने उनको धारणा थियो ।

उत्पादन वृद्धि भयो भने आयात प्रतिस्थापन गर्न र व्यापार घाटा कम गर्न समेत टेवा पुग्नसक्ने अर्थमन्त्रीको तर्क थियो । यसको कार्यान्वयनको लागि आवश्यक कानुनी प्रवन्ध गर्ने भनि विधेयकमा उल्लेख गरिएको उनको प्रष्टिकरण थियो ।

प्रकाशित : २७ भाद्र २०७८, आईतवार २१:३४