एनआरएनएको निर्वाचन प्रकृया रोक्न परराष्ट्र मन्त्रालय निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआरएनएको निर्वाचन प्रकृया रोक्न परराष्ट्र मन्त्रालय निर्देशन



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन प्रकृया रोक्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ ।

एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको हो ।

एनआरएनएको १०औं महाधिवेशनका लागि प्रतिनिधि चयनमा संस्थापन पक्षले धाँधली गरेको भन्दै उजुरी परेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो ।

प्रकाशित : २८ भाद्र २०७८, सोमबार ११:४०