घटेको बजारमा यी कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

घटेको बजारमा यी कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो



काठमाडौं । नेप्से परिसूचक ०.२७ अंकले बढेर २९४७.६९ विन्दुमा पुगेको छ । सोमबार नेप्से परिसूचक ०.०१ प्रतिशतले बढेको हो ।

झिनो अंककले बढेको बजारमा आज अजोड इन्स्योरेस लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ८ सय ५९ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । आज कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

शेयरमूल्य बढ्ने कम्पनीहरुमा अजोड इन्स्योरेन्स लिमिटेड, मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीको शेयरमुल्यमा आज पोजेटिभ सर्किट लागेको छ ।

त्यस्तै, कालिका पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ७ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ६१ करोड भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २८ भाद्र २०७८, सोमबार १५:४४