कच्चा फलाम आयातमा कर छुट दिने व्यवस्था तत्काल लागु नगर्न माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

कच्चा फलाम आयातमा कर छुट दिने व्यवस्था तत्काल लागु नगर्न माग



काठमाडौँ। भारतबाट विलेट आयात गरी डन्डी उत्पादन गर्दै आएका २४ उद्योगले स्पञ्ज आइरन आयातमा लाग्दै आएको कर छुट दिने व्यवस्था तत्काल लागु नगर्न माग गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरेर उनीहरुले यस्तो माग गरेका हुन् ।

सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा सरकारले स्पञ्ज आइरन (फलामे छडका लागि विलेट उत्पादनमा प्रयोग हुने कच्चा फालाम) आयातमा लाग्दै आएको ५ प्रतिशत भन्सार पूर्ण रुपमा छुट दिने व्यवस्था गरेको छ ।

यस्तो व्यवस्था तत्कालै लागू गर्दै नेपालमा विलेट उत्पादन नगर्ने र भारतबाट विलेट ल्याएर फलामे डन्डी उत्पादन गर्दै आएका उद्योगहरुले प्रतिस्पर्धा गर्न नसकेर बन्द हुने अवस्थामा पुग्ने उनीहरुको भनाई छ ।

सरकारले भने आयातमूखी अर्थतन्त्रलाई उत्पादनमूखी अर्थतन्त्रमा बदल्न कच्चा फलाम (स्पञ्ज) ल्याएर नेपालमै विलेट उत्पादन गर्दै नेपाली मुद्रा कम बाहिररिने भन्दै त्यस्तो व्यवस्था गरेको हो ।

भविष्यमा नेपालले पनि स्पञ्ज ल्याएर विलेट उत्पादन गर्नु पर्नेमा आफूहरु सहमत भएको भए पनि तत्कालै यो व्यवस्था लागु गर्दा चलिरहेका २४ उद्योग बन्द गर्नु पर्ने अवस्था आउने बताए ।

निश्चित समय दिएर आफूहरुलाई पनि विलेट उत्पादन गर्न सक्ने बनाएपछि मात्रै यस्तो व्यवस्था गर्नुपर्ने उनीहरुको भनाई छ ।

भन्सार छुटको नीतिले डन्डीको मूल्यमा प्रतिकिलो कम्तिमा ६ देखि ८ रुपैयाँसम्म कम हुने भएकोले विलेट आयात गरेर नेपालमा डन्डी उत्पादन गर्नेले मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने उनले बताए ।

पत्रकार सम्मलेनमा साःख स्टिलका किरण साःख, पञ्चकन्या स्टिलका सञ्चालक प्रदीपकुमार श्रेष्ठलगायतले कर छुटले पारेको समस्याबारे बताएका थिए ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलवार १०:५८