साहस उर्जाले असोज ६ गतेदेखि आइपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

साहस उर्जाले असोज ६ गतेदेखि आइपीओ निष्कासन गर्ने



काठमाडौं । साहस उर्जा कम्पनीले असोज ६ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।

जसमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

सर्वसाधारणले ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार आइपीओ असोज ६ गते निष्कासन भइ छिटोमा असोज १० गते र ढिलोमा असोज २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीको भनाइ छ ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलवार ११:०१