राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा टेलिकमले सुरु गर्यो नमस्ते पे, मोबाइलको ब्यालेन्सबाटै भुक्तानी सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा टेलिकमले सुरु गर्यो नमस्ते पे, मोबाइलको ब्यालेन्सबाटै भुक्तानी सुविधा



काठमाडौं । नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको नमस्ते पे मोबाइल भुक्तानी सेवा आज मंगलबारबाट सुरु भएको छ ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार प्रारम्भिक चरणको व्यवसायिक सञ्चलन आज गर्ने र औपचारिक सेवा सुभारम्भसमेत गरिदैँ छ ।

टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा नमस्ते पे सुरु गरेको हो । नमस्ते पे बाट भएका भुक्तानीको सेटलमेन्ट भने राष्ट्रिय वाणिज्य बैंकबाट हुने भएको छ ।

टेलिकमले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडबाट नमस्ते पे नामक डिजिटल भुक्तानीको सेवा दिने भन्दै ३ चैत २०७७ मा राष्ट्र बैंकबाट सञ्चालन अनुमतिसमेत पाइसकेको छ ।

४० करोड रुपियाँ चुक्ता पुँजीको यो कम्पनीमा टेलिकमको ६० र राष्ट्रिय वाणिज्य बैंकको ४० प्रतिशत हिस्सा हुने उल्लेख छ ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलवार ११:२६