प्रभु क्यापिटलको बालबालिका केन्द्रित लगानी योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु क्यापिटलको बालबालिका केन्द्रित लगानी योजना



काठमाडौं । प्रभु क्यापिटलले बालबालिकालक्षित प्रभु लिटिल च्याम्प योजनाको शुरूआत गरेको छ । बाल दिवसको अवसर पारेर १६ वर्षसम्मका बालबालिकाको सुरक्षित भविष्यको लागि लगानी गर्न चाहनेका लागि यो सेवा ल्याइएको क्यापिटलले जनाएको छ ।

यस योजनामा जोडिने १ जना गरिब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने बताइएको छ । महिला लगानीकर्तालाई लक्षित गरेर तिजको अवसरमा प्रभु ऐश्वर्य पीएमएस योजना शुरू गरिएको थियो ।

यस योजना अन्तर्गत न्यूनतम लगानी अवधि ५ वर्ष, हर्डल रेट ८ प्रतिशत, वार्षिक व्यवस्थापन शुल् (एएमसी) २ प्रतिशत, मुनाफामा लाग्ने शुल्क २० प्रतिशत, लक इन अवधि ५ वर्ष, लक इन अवधिअगावै योजना बन्द शुल्क ३ प्रतिशत, नाफा वितरण न्यूनतम लगानी अवधि पश्चात, गरीब तथा पिछडिएका बालबालिकालाई १ वर्षको लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले स्पोन्सर गरिने बताइएको छ ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल मुलुक भर सञ्चालनमा रहेको शाखाबाट यो योजनामा सहभागी हुन सकिनेछ ।

यसरी सहभागी भएका सेवाग्राहीहरूले आफ्नो लगानी व्यवस्थापनबारे अनलाइन सुविधाबाटै जानकारी लिन सक्नेछन् ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलवार १२:३२