परराष्ट्रले एनआरएनएलाई पत्र लेखेपनि चुनाव रोकिन्न : अध्यक्ष पन्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

परराष्ट्रले एनआरएनएलाई पत्र लेखेपनि चुनाव रोकिन्न : अध्यक्ष पन्त



जर्मनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले संघको चुनाव रोक्न राजनीतिक पार्टीको दबाबमा परराष्ट्र मन्त्रालयले पत्र काटेको बताएका छन् । ‘अमूक राजनीतिक पार्टीको स्वार्थ पूर्तिका लागि गरिएको दबाब संघलाई कदापि मान्य हुँदैन्,’ उनले भने, ।

एनआरएनएले विधि, विधान र पक्रिया उल्लंघन नगरेको र गर्न नसक्ने उनको भनाइ छ । परराष्ट्र मन्त्रालयले संघको महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा अनियमितता भएको दाबीसहित उजुरी परेको भन्दै चुनाव स्थगित गर्न निर्देशन दिंदै भदौ २५ मा पत्र लेखेको थियो ।

एनआरएनए आइसीसी (अन्तर्राष्ट्रिय समन्वय समिति) लाई लेखिएको पत्रमा विवादिन विषयबारे छानबीन गर्न मन्त्रालयको नीति, योजना, विकास कुटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखा प्रमुखको संयोजकत्वमा गठन गरिएको अनुगमन समिति प्रतिवेदन पेश नगरेसम्म संघका चुनावी प्रक्रिया स्थगन गर्न भनिएको हो ।

पत्र सार्वजनिक हुनु अघिसम्म आफू मन्त्रालयका अधिकारीसंग निरन्तर सम्पर्कमा रहेको बताउँदै पन्तले भने, ‘मन्त्रालयका अधिकारीले मसँग राज्यसत्ताबाट निकै ठूलो दबाब आएकाले थेग्न नसक्ने आएको बताउनु भएको थियो ।’ परराष्ट्रले खोजेको जवाफ दिने, विधान अनुसार गरिएको प्रक्रियाबारे जानकारी दिने तर चुनाव नरोक्ने पन्तले बताए । ‘त्यसैले हामी तोकिएको समयमै चुनाव गर्छौ, पन्तले भने, ‘चुनाव तोकिएकै समयमा हुन्छ ।’

महाधिवेशन प्रतिनिधिको एनसीसीबाट सूची संकलन भएर दाबीविरोध परिहेका र त्यसबारे अन्तिम टुंगो नलाग्दै अनियमितता भन्ने प्रश्नसंग नै आफू अचम्मित भएको पन्तको भनाइ छ । प्रतिनिधिको सूचीबारे एनआरएनएको छानबिन पछि मात्र अनियमितता भएको÷नभएको थाहा हुनेमा पहिले नै त्यस्तो आरोप लगाउनु गलत भएको पन्तले बताए ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलवार १२:४३