स्थानिय तहमा बीमा समिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्थानिय तहमा बीमा समिति



काठमाडौं । बीमा समितिले लहान नगरपालिकाका सरोकारवालहरु सँग बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिया तथा कार्यक्रम गर्ने सम्पन्न गरेको छ ।

समितिले होटल विशालमा आयोजना गरेको कार्यक्रममा मेयर मनि शाह सुडीले आफ्नो पालिकामा रहेका जनताको दुर्घटना बीमा गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

समितिले विहान ९ बजेदेखि सञ्चालन गरेको कार्यक्रममा बीमा समितिको तर्फबाट निर्देशक दिनेशलाल कर्ण, सहायक निर्देशक पुर्ण बहादुर थापा र हृदयश्वर पण्डितको उपस्थिति थियो ।

नगर प्रमुख शाह सहित उप प्रमुख, वडा अध्यक्ष, निर्वाचित जनप्रतिनिधिहरु, कृषक, स्थानीय तहमा रहेका बीमा कम्पनीका शाखा प्रमुखहरु, उद्योग बाणिज्य महासंघका प्रतिनिधि, शिक्षक, कृषक, व्यापारी लगायतको उपस्थिति थियो ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलवार १४:०५