बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक स्थगित



काठमाडाैं । बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।

मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको हो ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलवार १४:०८