नेप्सेमा दुई बैंकको ऋणपत्र सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेप्सेमा दुई बैंकको ऋणपत्र सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एनआईसी एशिया बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ ।

“एनआईसी एशिया ऋणपत्र २०८८” को १५ लाख ७३ हजार ८ सय ७२ कित्ता ऋणपत्र सूचिकृत भएको हो । सोमवार नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै मंगलवारबाट कारोबारमा आउनेछ । कम्पनीको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको एनआईसी एशिया ऋणपत्र २०८८ नामक ऋणपत्र सूचिकृत भएको हो ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८.५ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८३ नामको २५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । नेप्से र बैंक बीच सोमवार धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै मंगलवारदेखि कारोबारमा आउनेछ । कम्पनीको ८ दशमलव ५ प्रतिशत आरविविएल ऋणपत्र नामक सूचिकृत भएको हो ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलवार १४:११