विकास बैंकको कर्जा लगानी ३ अर्बले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

विकास बैंकको कर्जा लगानी ३ अर्बले बढ्यो



काठमाडाैं । राष्ट्रियस्तरका विकास बैंक कर्जा लगानीमा आक्रामक देखिएका छन्। विकास बैंकहरुले निक्षेप पनि बढाएका छन्।

एक सातामा विकास बैंकहरुको कर्जा लगानी ३ अर्ब १४ करोड रुपैयाँले बढेको छ । बैंकहरुको कर्जा एक सातामा ०.७३ प्रतिशतले बढेर ४ खर्ब ३६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो साता कुल ३ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा लगानी रहेको बढेर ३ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ।

यसैगरी यस अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ९८ करोड २० लाख रुपैयाँले बढेको छ। अघिल्लो साता कुल निक्षेप ४ खर्ब १६ अर्ब रुपैयाँ रहेकोमा बढेर ४ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ।

यो अवधिमा क्षेत्रीयस्तरका विकास बैंकहरुको निक्षेप ०.३५ प्रतिशतले घटेको छ भने कर्जा लगानी ०.३८ प्रतिशतले बढेको छ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलवार १४:३९