प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने



काठमाडाै । प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । यसको लागि बैंकले रेटिङ सम्पन्न गरेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई ‘ इक्रा एनपी एलबीबीबी’ रेटिङ दिएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो ।

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा यसले २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ ।

बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ५० पैसा रहेको छ ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलवार १५:०३