दोहोरो अंकले घट्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दोहोरो अंकले घट्यो नेप्से



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से १८.५४ अंकले घटेर दुई हजार ९ सय २९ दशमलब २९ विन्दुमा पुगेको हो ।

कूल २२२ वटा कम्पनीकाे एक कराेड ६ लाख ३९ हजार ८ सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४ सय ४३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, मंगलबार पनि काराेबार रकममा अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेडले नै अग्रता कायम गरेकाे छ । आज मनकामना लघुवित्तकाे सेयरमूल्य सबैभन्दा धेरै बढ्दा राष्ट्रिय बीमा कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलवार १५:५१