मेगा बैंकमा रोजगारीको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेगा बैंकमा रोजगारीको अवसर



काठमाडाैं । मेगा बैंकले बिभिन्न पदमा नयाँ कर्मचारी माग गरेको छ। बैंकले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरि नयाँ कर्मचारी माग गरेको हो।

बैंकले एसिस्टेन्ट देखि डेपुटी म्यानेजरसम्मको पदमा १७ जना नयाँ कर्मचारी माग गरेको हो। बिभिन्न पदका लागि बैंकले त्यहि अनुसार शैक्षिक तथा अनुभवको योग्यता तोकेको छ।

बैंकले पदअनुसार स्नातकदेखि स्नातकोत्तरसम्मको शैक्षिक तथा १ देखि ११ बर्षसम्मको सम्बन्धित क्षेत्रमा कामको अनुभव तोकेको छ।

मेगा बैंकमा आफ्नो बैंकिङ करियर बनाउने चाहनेले आगामी असोज १३ गते आबेदन दिन सक्ने बैंकले जनाएको छ।

प्रकाशित : ३० भाद्र २०७८, बुधबार १०:३६