त्रिवेणीको नाफा ५३ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

त्रिवेणीको नाफा ५३ प्रतिशतले वृद्धि



tirbani bank

काठमाडौ, १६ साउन  । ८२ करोड रुपैयाँ चुक्ता पूँजी भएको त्रिवेणी विकास बैंकले चौथो त्रैमासमा खुद मुनाफा १९ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । जुन मुनाफा गत वर्षको तुलनाभन्दा ५३ दशमलव ६ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १२ करोड ५६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

बैंकले जगेडा कोषमा ३१ करोड ९ लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा २९ दशमलव ७६ प्रतिशतले वृद्धि गरी ९ अर्ब ११ करोड ५० लाख रुपैयाँ संकलन गरेको छ । बैंकले कर्जामा ७ अर्ब २९ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा २९ दशमलव ४१ प्रतिशतले वृद्धि हो । बैंकले खुद व्याज आम्दानीमा ३४ दशमलव ८९ प्रतिशतले वृद्धि गरेर ३७ करोड ५२ लाख रुपैयाँ पुर्याएको छ । त्यस्तै सञ्चालन मुनाफामा ७ दशमलव ९३ प्रतिशतले वृद्धि गरेर २० करोड ४१ लाख रुपैयाँ आर्जन रहेको छ । बैंकले प्रोभिजनमा ६ करोड २६ लाख रुपैयाँ राखेको छ भने खराब कर्जाको लागि ४ करोड ४९ लाख रुपैयाँ छुट्याएको छ ।

बैंकको जोखिम युक्त सम्पतिमा १ दशमलव ५ प्रतिशतले घटेर १२ दशमलव ४८ प्रतिशत रहेको छ भने निष्कृय कर्जा १ दशमलव ११ प्रतिशतले घटेर १ दशमलव ६३ प्रतिशत रहेको छ । प्रति शेयर आम्दानी वार्षिक २३ दशमलव ४८ प्रतिशत रहको छ भने मूल्य आम्दानीको अनुपात १७ दशमलव १६ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ३७ दशमलव ९२ रुपैयाँ र तरलता अनुपात ३२ दशमलव ८१ प्रतिशत रहेकोे छ ।

प्रकाशित : १६ श्रावण २०७३, आईतवार ०३:३५