प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा



काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर असोज १ गते शुक्रवारदेखि लिलामीमा आउने भएको छ । कम्पनीको ७० हजार ६६९ कित्ता संस्थापक शेयर लिलामीमा आउन लागेको हो ।

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा ब्याक्ति कम्पनी,तथा संस्थाले कम्पनीले असोज १५ गते सम्म बोलपत्र पेश गर्न सक्नेछन् । यो शेयरको न्यूनतम मूल्य रू. ५०१ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र गर्न सकिनेछ ।

आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।

शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असोज १७ गते अपरान्ह ३ः३० बजे विक्री प्रबन्धकको कार्यालय, नारायणचौर नक्सालमा खोलिने कार्यक्रम तय भएको छ ।

प्रकाशित : ३१ भाद्र २०७८, बिहीबार १०:३६