मुख्य समाचार

पाँचतारा साकोसको साधारणसभा असोज २ गते, यस्ता छन् एजेन्डा



काठमाडांै । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाको १४ औँ बार्षिक साधारण सभा असोज २ गते हुने भएको छ ।

संस्थाले हालै एक सूचना प्रकाशन गरी सदस्यहरुलाई बार्षिक साधारण सभाको जानकारी दिएको हो । संस्थाले भदौ २० गतेबाट संस्थाको वेवसाइडमा बार्षिक प्रतिवेदन राखेर सदस्यबाट सल्लाह सुझाव संकलन गर्दै आएको जनाएको छ ।

कोभिड १९ का कारण सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको निर्देशन तथा सहकारी विभागको निर्देशनको पालना गर्दै भर्चुअल रुपमा साधारण सभाको समापन गर्नलागेको जनाएको छ ।

सदस्यले आफूलाई पाएक पर्ने समयमा संस्थामा उपस्थित भएर उपस्थिति जनाउन संस्थाले आग्रह गरेको छ । साधारण सभामा सहकारी एकिकरण, विनियम सम्सोधन लगाएतका विषयमाथि छलफल हुने जनाएको छ ।

प्रकाशित : ३१ भाद्र २०७८, बिहीबार १०:४१