मुक्तिनाथ विकास बैंकको मुद्दती निक्षेपको ब्याजदरमा भारी वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकको मुद्दती निक्षेपको ब्याजदरमा भारी वृद्धि



काठमाडौं । मुक्तिनाथ विकास बैंकले असोज १ गतेदेखी लागु हुने गरी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा भारी वृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी ब्याजदर दिने भएको छ ।  

साथै, बैंकले ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी ब्याजदर प्रकाशित गरेका छ । 

३ महिना अवधीको लागि वाणिज्य तथा विकास बैंकहरुले २०७८ असोज महिनाको लागि हाल सम्म प्रकाशित गरेको ब्याजदर मध्येमा सो व्यक्तिगत तथा संस्थागत ब्याजदर उच्च रहेको छ । 

प्रकाशित : १ आश्विन २०७८, शुक्रबार ११:१२