लामोसाँघु साकोसको १२ औं बार्षिक साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

लामोसाँघु साकोसको १२ औं बार्षिक साधारणसभा सम्पन्न



सिन्धुपाल्चोक । लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ( नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले गरेका थिए ।

बलेफी ८ लामोसाँघुमा सम्पन्न भएको सभाको संस्थाका अध्यक्ष पुर्णचन्द्र ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सभामा बार्षिक प्रतिवेदन सचिव नेत्रप्रसाद पराजुली, बित्तीय प्रतिबेदन कोषाध्यक्ष बालकृष्ण तिमल्सिना तथा लेखा सुपरिवेक्षण मितिको प्रतिबेदन नारायण कार्कीले प्रस्तुत गरेका थिए ।

संस्थाले विभिन्न बिधामा बर्ष उत्कृष्ट सदस्य सम्मान गरेको थियो । त्यसैगरी त्री बर्षिय व्यवसायिक रणनैतिक योजना समेत पारित गरि योजना अवधिमा २ वटा सेवाकेन्द्र स्थापना गर्ने संस्थाले लक्ष्य लिएको जनाइएको छ ।

सभामा साना किसान विकास लघुबित्त बित्तीय संस्था, इलाका कार्यालय बनेपाका प्रबन्धक सरोज भट्टराई, बलेफी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष चरी बहादुर तामाङको उपस्थिति रहेको थियो ।

त्यसैगरी बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक चक्र बस्नेत ,सुनकोशी क्याम्पसका प्रमुख कृष्णप्रसाद आचार्य, गोरखापत्र दैनिक सिन्धुपाल्चोकका संवाददाता चित्र मिजार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संस्थाका ब्यबस्थापक रबिन बिश्वकर्माले संचालन गरेका थिए ।

प्रकाशित : १ आश्विन २०७८, शुक्रबार १२:२६