हिमालयन रिइन्स्योरेन्सको सीईओमा रामामुर्ती नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

हिमालयन रिइन्स्योरेन्सको सीईओमा रामामुर्ती नियुक्त



काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चन्द्रशेखरन रामामुर्ती नियुक्त भएका छन् । कम्पनीले भारतिय नागरिक चन्द्रशेखरन रामामुर्तीलाई सीईओमा नियुक्त गरेको हो ।

बीमा क्षेत्रमा लामो अनभुव रहेका रामामुर्तीलाई बीमा समितिले समेत स्वीकृति दिएको हो । कम्पनीले रामामुर्तीलाई ४ बर्षका लाथि सीईओमा नियुक्त गरेको हो । बीमा तथा पुनर्बीमा क्षेत्रमा रामामुर्तीको ४ दशक लामो अनुभव रहेको छ । रामामुर्तीले भारत लगायत बेलायत तथा मध्य पुर्वमा काम समेत काम गरेको अनुभव छ ।

भारतीय बीमा विकास र नियामक प्राधिकरण (आइआरडिएआई) को लागी बीमा र पुनर्बीमा निर्देशिकाहरुको समीक्षा र संशोधनको गर्न बनेको समितिका सदस्य रहेका रामामुर्ती आरसीएस म्यानेजमेन्ट कन्सल्टेन्ट प्राइभेट लिमिटेडमा संचालक थिए ।

प्रकाशित : ३ आश्विन २०७८, आईतवार ११:५८