आज देखि दशैंका लागि नयाँ नोट साट्न पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

आज देखि दशैंका लागि नयाँ नोट साट्न पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि दशैंका नयाँ नोट साट्न पाउने व्यवस्था मिलाएको छ । कोभिड १९ बाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।

आजबाट बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ नोट सटही गर्ने छन् । केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् । वाणिज्य बैंकहरुले नयाँ नोट वितरण गर्नका लागि ४ अर्ब रुपैयाँ छुटाइएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरुले प्रधान कार्यालय वा अन्य तोकिएका कार्यालयहरुबाट नयाँ नोट सटहीको सुविधा दिनेछन् । राष्ट्र बैंकले आजदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जनाएको छ ।

राष्ट्र बैंकले सर्वसाधरणका लागि ३० देखि ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । जसमध्ये १२ देखि १५ अर्ब रुपैयाँसम्म ५, १०, २०, ५० र १ सय रुपैयाँको नोटहरु वितरण गर्ने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित : ४ आश्विन २०७८, सोमबार ११:२४