उच्च अंकले घट्यो शेयर बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

उच्च अंकले घट्यो शेयर बजार



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज सोमबार उच्च अंकले घटेको छ । लगातार तीन दिनको बन्दपछि आज खुलेको शेयर बजार सुरुवात देखिनै गिरावट देखिएको थियो ।

आज नेप्से ११४.०२ अंकले घटेर दुई हजार ६ सय ९८ दशमलब २५ विन्दुमा थामिएको हो । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ८ अर्ब ४९ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । यस कम्पनीको शेयरमुल्य आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९८९.८० रुपैयाँमा पुगेको छ ।

त्यस्तै, १८१ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ ।

प्रकाशित : ४ आश्विन २०७८, सोमबार १५:२७