बहुउद्देश्यीय सहकारीलाई काम गर्न ऐन, कानुन बाधक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बहुउद्देश्यीय सहकारीलाई काम गर्न ऐन, कानुन बाधक



काठमाडौं । बहुउद्देश्यीय सहकारीलाई काम गर्न ऐन, कानुन बाधक भएको सराेकारवलाहरुले बताएका छन् । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी ऐनले बहुउद्देश्यीय सहकारीलाई काम गर्ने अवसर दिए पनि विभिन्न ऐनले अवरोध सिर्जना धारणा राखेका छन् ।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव माधव तिमिल्सिनाले सहकारीले ठूला परियोजना सञ्चालन गर्न सक्ने धारणा राखे । बहुउद्देश्यीय परियोजना बनाएर सहकारीले काम गर्न चाहेको उनको भनाइ छ । ‘उत्पादनमा काम गर्न कम्पनीमै जानुपर्ने बाध्यता छ’,उनले भने,‘कानुनी अड्चन नहटाइ उत्पादनमा जान सकिदैँन ।’

काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापा मगरले सहकारीले बहुउद्देश्यीय काम गर्नुपर्नेमा जोड दिए । सहकारीले बचतमा मात्र सीमित नभई विभिन्न प्रकृतिका बहुउद्देश्यीय काम गर्न सकिने उनले बताए ।

उपाध्यक्ष लक्ष्मीप्रसाद संर्गाैलाले मुख्य कारोबारको प्रावधानले बहुउद्देश्यीय सहकारी मारमा परेको बताए ।

काठमाडौैंमा कृषि तथा कृषिजन्य उद्योग खोल्न सकिने, गार्मेन्ट सञ्चालन गर्न सकिने, कृषिलगायत विभिन्न परियोजना सञ्चालन गर्न सकिने बताए । अन्तर सहकारी कारोबारको प्रावधानले सहकारीमा जोखिम बढ्न सक्ने उनले कथन थियो ।

संघका पूर्व अध्यक्ष तुलसीप्रसाद सापकोटाले संघलाई बलियो बनाउँदै कारोबारलाई विशेष जोड दिइएको बताए । कार्यक्रममा प्रशिक्षक कृष्णप्रसाद आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित : ४ आश्विन २०७८, सोमबार १८:४८