फोनपेमार्फत दुई लाखसम्म रकम ट्रान्सफर गर्दा १० रुपैयाँ मात्र शुल्क लाग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फोनपेमार्फत दुई लाखसम्म रकम ट्रान्सफर गर्दा १० रुपैयाँ मात्र शुल्क लाग्ने



काठमाडौं । फोनपे डाइरेक्ट मार्फत अन्तर बैंक रकम ट्रान्सफर गर्दा १० रुपैयाँ मात्र सेवा शुल्क लाग्ने भएको छ । फोनपे डाइरेक्टमार्फत १०० देखि २ लाखसम्मको रकम ट्रान्स्फर गर्दा अबदेखि १० रुपैयाँ मात्रै शुल्क लाग्ने भएको हो ।

यसअघि रकमको परिणाम अनुसार शुल्क लाग्दै आएको थियो । फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर उल्लेख गरेर सहजै रकम पठाउन सकिन्छ ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्स्मा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरि सहजै रकम पठाउन सकिनेछ ।

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपेमा हालसम्म ५ लाख भन्दा बढि मर्चेन्ट रहेका छन् ।

प्रकाशित : ५ आश्विन २०७८, मंगलवार १०:३०