नेप्सेमा दोहोरो अंकको सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

नेप्सेमा दोहोरो अंकको सुधार



काठमाडौं । शेयर कारोबार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । सोमबार एक सय १४ अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार देखिएको हो ।

नेप्से परिसूचक १३ दशमलव ८३ अंकले बढेर २ हजार सात सय १२ दशमलव ०७ अंकमा पुगेको छ । एक पटक ६४ अंकले परिसूचक बढे पनि अन्त्यमा १३ अंकले बढेर कारोबार बन्द भएको छ ।

मंगलबार ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रुपैयाँको कारोबार भएको छ । सोमबार साढे आठ अर्ब रुपैयाँको शेयर कारोबार भएको थियो ।

मंगलबार सबैभन्दा धेरै कमाउनेमा मनकामना स्मार्ट लघुवित्त कम्पनीका लगानीकर्ताहरू छन् । जसको शेयर मूल्य ९८ दशमलव ९० रुपैयाँले बढेको छ ।

त्यस्तै दोस्रोमा रूरू हाइड्रोपवरको शेयर मूल्य ६७ रुपैयाँले बढेर १ हजार २ सय २७ रुपैयाँ पुगेको छ । तेस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य १७ रुपैयाँले बढेर तीन सय ८२ रुपैयाँ पुगेको छ । निफ्राले मंगलबार नै ८ दशमलव ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

प्रकाशित : ५ आश्विन २०७८, मंगलवार १६:४८