साहस ऊर्जाले बुधबार आइपीओ निश्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

साहस ऊर्जाले बुधबार आइपीओ निश्कासन गर्ने



काठमाडाैं । साहस ऊर्जा लिमिटेडले बुधबार आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निश्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निश्कासन गर्न लागेको हो ।

कुल शेयरमध्ये दुई लाख १० हजार कित्ता (३ प्रतिशत) शेयर कर्मचारीहरूका लागि र तीन लाख ५० हजार कित्ता (५ प्रतिशत) शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले १० असोजसम्म आवेदन दिन सकिनेछ । पूर्ण आवेदन नपरेको खण्डमा २० असोजसम्म आवेदन दिने मिति लम्बिनेछ ।

कम्पनीका अनुसार न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने र अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन मिल्नेछ ।

प्रकाशित : ५ आश्विन २०७८, मंगलवार २१:३५