पार्टीले लिएका विचार र विधिमा ओली नचलेको नेपालको आरोप (प्रतिवेदनसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

पार्टीले लिएका विचार र विधिमा ओली नचलेको नेपालको आरोप (प्रतिवेदनसहित)



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भएपछि पनि नेकपा केपी ओलीका कारणले दिगो नभएको आरोप लगाएका छन् । 

मंगलबारदेखि सुरु भएको नेकपा (एस)को केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै नेपालले ओली पार्टीले लिएका विचार र विधिमा नचलेको आरोप लगाएका हुन् । 

‘उनले (ओलीले) पार्टीलाई नीति र विधिअनुसार चलाउन चाहेनन् । उनले त्यहाँ पनि गुटबन्दी गर्ने, स्वेच्छाचारी एवं व्यक्तिवादी ढंगले चल्ने र पार्टीलाई दक्षिणपन्थी अवसरवादको दिशामा धकेल्ने कार्य नै गरिरहे’, प्रतिवेदनमा भनिएको छ, ‘त्यसबेला पनि हामीले उनका गलत विचार र व्यवहारको आलोचना गरिरह्यौँ । उनले आफू अप्ठ्यारोमा पर्दा विभिन्न खालका सहमति गर्ने तर तिनको पालना भने कहिल्यै नगर्नेजस्ता कार्यहरू बारम्बार गरिरहे ।’

प्रतिवेदनमा नेकपा पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सबैतिर अल्पमतमा परेपछि पार्टीभित्र आवश्यक छलफल तथा बहस गरेर समस्या समाधान गर्नपट्टि नलागेर पार्टीका बैठक नै नराख्ने, बैठक राखे पनि आफ्नोअनुकूल निर्णय नहुनेजस्तो देखेपछि बैठक स्थगित गर्ने वा बैठक स्थलमै नबस्ने जस्ता गैरराजनीतिक कार्यहरू गरेको नेपालको आरोप छ ।

प्रकाशित : ५ आश्विन २०७८, मंगलवार २१:४२