भारतले खोप निर्यातमा लगाएको प्रतिबन्ध हटायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

भारतले खोप निर्यातमा लगाएको प्रतिबन्ध हटायो



काठमाडौं । भारतले कोरोना खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतले कुल जनसंख्याको करिब १५ प्रतिशतलाई पूर्ण कोभिड खोप लगाइसकेको छ । सन् २०२० अप्रिलदेखि खोप निर्यातमा रोक लगाएको भारतले आगामी अक्टोबरदेखि प्रतिबन्ध हटाइने जनाएको छ ।

१३९ करोड जनसंख्या रहेको भारतमा हालसम्म ८१ करोड ८५ लाख १३ हजार ८२७ डोज खोप लगाइसकिएको छ । १७ सेप्टेम्बर शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ७१औँ जन्मदिनको अवसरमा दुई करोड नागरिकलाई खोप लगाइएको छ । यो अहिलेसम्मकै एकै दिन खोप लगाइएको ठूलो संख्या हो ।

भारतले अहिले पनि दैनिकजसो करिब एक करोड ३० लाख नागरिकलाई नियमित खोप प्रदान गर्दै आएको छ । पहिलेको तुलनामा कोरोना संक्रमणदर ओरालो लागेसँगै खोप उत्पादन गर्ने क्षमता बढेको र अर्को महिनासम्म ३०० मिलियन अतिरिक्त डोज उत्पादन हुने भएकाले विदेशमा निर्यात सुरु गरिने भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले बताए ।

अप्रिलसम्ममा ९० देशलाई छ करोडभन्दा बढी मात्रा खोप निर्यात गरेको भारतले दोस्रो लहर बढेपछि निर्यातमा रोक लगाएको थियो । भारत विश्वकै ठूलो खोप उत्पादक मुलुक हो ।

प्रकाशित : ५ आश्विन २०७८, मंगलवार २१:५१