अस्ट्रेलियामा ६ म्याग्निच्युडको भूकम्प, ठूला भवन र टावर खाली गरिँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विश्व

अस्ट्रेलियामा ६ म्याग्निच्युडको भूकम्प, ठूला भवन र टावर खाली गरिँदै



मेलवर्न। अस्ट्रेलियामा शक्तिशाली भूकम्प गएको छ । भिक्टोरिया राज्यको म्यान्सफिल्ड सहरलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको असर मेलवर्न सहरलगायत दक्षिणपूर्वी अस्टे«लियामा महशुस गरिएको थियो ।

भूकम्पका कारण केही भवन भत्किएको सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा देखिन्छ, तर, घाइतेको विवरण सार्वजनिक भएको छैन् । दक्षिण अस्ट्रेलिया र न्यु साउद वेल्समा पनि भूकम्प महशुस गरिएको थियो ।

पुनः अर्को भूकम्प आउन सक्ने भन्दै भिक्टोरिया राज्यको आपतकालिन सेवाले सर्वसाधरणलाई सचेत गराएको छ । ‘भिक्टोरियामा बसोबास गर्ने व्यक्ति जोखिममा छन् । कुनै पनि बेला अर्को भूकम्प जान सक्ने भएकोले सुरक्षित क्षेत्रमा रहनुहोस । ’ सेवाले भनेको छ । सो राज्यमा सवारी नचाउन पनि अनुरोध गरिएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरुमा मेलवर्नमा भत्किएका घरबाट धुलो उडेको देखिन्छ । सम्भावित क्षतिलाई मनन गर्दै अग्ला टावर र सहरका अस्पताल खाली गरिएका छन् । त्यस्तै, विद्युतबाट चल्ने सवारी सेवा स्थगित गरिएको छ ।एजेन्सी

प्रकाशित : ६ आश्विन २०७८, बुधबार ०८:१६