अफगान बालिकालाई बिद्यालयमा प्रतिवन्ध लगाउनु गैर मुस्लिम कार्यः पाक प्रधानमन्त्री खान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

अफगान बालिकालाई बिद्यालयमा प्रतिवन्ध लगाउनु गैर मुस्लिम कार्यः पाक प्रधानमन्त्री खान



इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानका बालिकालाई विद्यालयमा प्रतिवन्ध लगाउनु गैर मुस्लिम कार्य भएको टिप्पणी गरेका छन् ।

तालिवान सत्तामा आएसँगै अफगानिस्तानका माध्यामिक तहका छात्रालाई विद्यालयमा रोक लागिरहेका बेला पाकिस्तानी प्रधानमन्त्री खानको सो टिप्पणी आएको हो । उनले समावेशी हुन र मानवअधिकार सम्मान गर्न अफगान नेतृत्वसँग अनुरोधसमेत गरेका छन् ।

एक प्रसंगमा उनले अफगानिस्तान पाकिस्तानको सुरक्षामा चुनौती दिने अतिवादीको आश्रय स्थल बन्न नहुने बताए । तालिवानको नयाँ सरकारलाई औपचारिक रुपमा मान्यता दिन आफ्ना शर्त पुरा हुनुपर्ने उनको भनाई छ ।

अफगानिस्तानमा चाँडै बालिकाहरु विद्यालय गएको आफूले देख्न चाहेको उनले बताए । तालिवानले महिला अधिकारका बारेमा व्यक्त प्रतिबद्धता व्यवहारमा उतार्नुपर्ने उनको भनाई छ ।

‘मलाई लाग्छ तालिवनले बालिकालाई पढ्न अनुमति दिनेछन् । ’ उनले थपे, ‘महिलालाई बिद्यालयबाट बन्चित गर्नु गैर मुस्लिम परम्परा हो । पढाईसँग धर्मको कुनै सम्बन्ध छैन् ।

सन् १९९६ मा सत्तामा हुँदा तालिवानले बालिकालाई विद्यालय जान प्रतिबन्ध लगाएको थियो । तालिवान नेतृत्वले महिलाका अधिकार मुस्लिम कानून शरियाको ढाँचामा रहेर सम्मान गरिने जनाउदै आएको छ ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार ०८:४६