सेनामा ७७ जनाका लागि जागिर खुल्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सेनामा ७७ जनाका लागि जागिर खुल्याे



काठमाडौं । नेपाली सेनाले विभिन्न २१ वटा प्राविधिक पदमा विज्ञापन आव्हान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले बिभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूको लागि दरखास्त आव्हान गरेको हो ।

सेनाले दरखास्त आव्हान गरेका ७७ जना सबै उपसेनानी पदका छन् । सबैभन्दा धेरै २७ जना लेखा उपसेनानी माग गरिएको छ । यस्तै १३ जना एमविविएस डाक्टर, ६ जना सैनिक उपचारिका, ४ जना लाइबे्ररियन, प्राड उपसेनानी, मेकानिकल इन्जिनियर, इलेक्ट्रोनिकक्स इन्जिनियर ३/३ जना माग गरिएको छ ।

यस्तै पाइलट, इन्जिनियर (ए एण्ड सी), इन्जिनियर (एभोइन्स्), अटोमोवाइल इन्जिनियर २/२ जना माग गरिएको छ ।

बाँकी छायांकन (भिडियोग्राफर), इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर, मेकानिकल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, बायोमेटिकल इन्जिनियर, डा. डेन्टल, मेडिकल डेण्टल टेक्निसियन, अर्डियोलोजिष्ट, अप्टोमेट्रिष्ट र बिए (फार्मेसी) पदमा १/१ जना माग गरिएको छ । दरखास्त दिने अन्तिम मिति ४ कार्तिकसम्म तोकिएको छ ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार १०:५७