रुरु जलविद्युतको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

रुरु जलविद्युतको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज



काठमाडौं । रुरु जलविद्युत परियोजनामा लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । लाभांश वितरण तथा १५औं र १६औं वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले ७ असोजमा बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

कम्पनीको वार्षिक साधारणसभा १६ असोजमा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ । सभामा आर्थिक वर्ष ०७६–७७ को नाफाबाट करसहित १०।५२ प्रतिशत नगद लाभांश र ०७७–७८ को नाफाबाट १० प्रतिशत बोनस सेयर तथा यसबापत लाग्ने कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेस हुनेछ । जसअनुसार ६ असोजसम्म नेप्सेमा कारोबार भर्इ कायम सेयरधनीहरूले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् ।

सभामा संस्थापक समूहबाट पाँचजना र सर्वसाधारण समूहबाट एकजना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव छ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार ११:००