कति पुग्यो आज सुनको मूल्य ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

कति पुग्यो आज सुनको मूल्य ?



काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९० हजार एक सय रुपैयाँ कायम भएकोमा आज पनि साेही मूल्यमा काराेबार भइरहेकाे छ ।

आज छापावाल सुन प्रति १० ग्राम ७७ हजार २४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्राम ७६ हजार आठ सय ६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघले चाँदी प्रतितोला एक हजार एक सय ६५ रुपैयाँ कायम गरेको छ । चाँदी प्रति १० ग्राम नौ सय ९९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

प्रकाशित : ६ आश्विन २०७८, बुधबार ११:३५