कोरोना अपेडेट : १४७८ जनामा संक्रमण, ६ जनाको मृत्यु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कोरोना अपेडेट : १४७८ जनामा संक्रमण, ६ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार चार सय ७८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार १३ हजार नौ सय ३० वटा नमुना परीक्षण गर्दा एक हजार चार सय ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर सक्रिय संक्रमित २१ हजार एक सय ३९ जना रहेका छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला नौ र दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला २१ छन् ।

पछिल्लो २४ घन्टामा एक हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल संख्या सात लाख ५५ हजार ६ सय ३० छ । नेपालमा संक्रमणमुक्त हुने दर ९५ दशमलव ९ प्रतिशत छ ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ५९ जनाको निधन भइसकेको छ ।

हाल देशभर तीन सय ३४ जना सघन उपचार कक्ष (आईसीयू), एक सय १९ जना भेन्टिलेटर, १९ हजार आठ सय पाँचजना होम आइसोलेसन, एक हजार तीन सय ३४ जना संस्थागत आइसोलेसन र दुई सय ४३ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार १७:२५