सहकारीको साधारणसभा बारे आयो यस्तो नियम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारीको साधारणसभा बारे आयो यस्तो नियम



काठमाडाै । सहकारी संघ/संस्थाले भर्चुअल रुपमा गरेको साधारणसभाले मान्यता नपाउने भएका छन् ।

कोरोना संक्रमण कारण भर्चुअल साधारण सभा गर्दै आएका सहकारीले अब भौतिक रुपमै सदस्यलाई उपस्थित गराएर साधारण सभा गर्नुपर्ने ब्यवस्था गरेको हो ।


संघीय सरकार, सहकारी विभागले २०७७ असोज १ गते जारी गरेको सूचनाको १३ नम्बर बुँदाले सहकारीको भर्चुअल साधारण सभालाई मान्यता नदिने भएको छ ।

उक्त बुँदामा ‘अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुने ।’ त्यस्तै यो व्यवस्था नेपाल सरकारले भेला, जमघटमा निषेधाज्ञा तोकेको अवस्था÷स्थानले सदस्यहरु भेला हुन बञ्चित भएको समयको लागि मात्र हुने र नेपाल सरकारले निषेधाज्ञा हटाएमा भने प्रचलित कानूनी प्रावधान अनुरुप नै साधारण सभा गर्नुपर्ने भनिएको छ ।

नेपाल सरकारले असोज १ गतेदेखि आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधि सञ्चालन गर्न खुला गरिसकेको छ । सोही अनुसार सहकारीले भौतिक रुपमै साधारण सभा गर्न पाउने भएको हो।

असोज १ गतेपछि हुने सम्पूर्ण सहकारीका साधारण सभा भौतिक हुनुपर्ने बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार १७:५२