माछापुच्छ्रे बैंकले सेयरधनीलाई १४% लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

माछापुच्छ्रे बैंकले सेयरधनीलाई १४% लाभांश दिने



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको असोज ६ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई चूक्ता पूँजीको १४ प्रतिशत अर्थात १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६३२ लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमा बैंकले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी कूल १४ प्रतिशत लाभां वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुले पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपंैया संचित छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ वटा शाखाहरु र १७५ शाखारहित बैकिङ्ग सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानवाट १० लाख भन्दा बढि ग्राहकहरुमा सम्पुर्ण बैं किङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०३ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार १८:०४