आइएमईको दशैं तिहार योजनाः अशोक लेल्याण्ड गाडी खरिदमा सुनदेखि युरोप टुरसम्म « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आइएमईको दशैं तिहार योजनाः अशोक लेल्याण्ड गाडी खरिदमा सुनदेखि युरोप टुरसम्म



काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दशैँ तिहारलाई लक्षित गरी ‘दशैँ तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । जस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् ।

चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढि प्राथमिकता दिने भएको हुँदा ग्राहकको माग अनुसार नै यो योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए । उक्त योजना अनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लैजान सक्नेछन् ।

अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टिभि साथै क्यास डिस्काउन्ट पाउन सकिनेछ । ग्राहकहरुले प्रत्यक आईसीभी हलेज, एमसीभी टिप्पर वा बस खरिदमा ३० ग्राम सुन अथवा आईफोन १२ प्रो म्याक्स अथवा टिभिएसको एनटर्क स्कुटर पाउन सक्नेछन् ।

यस्तै माथि उल्लेखित गाडीहरु मध्ये आईसीभी हलेज, एमसीभी टिप्पर वा बसमध्ये एकै पटक दुई वटा गाडीको खरिदमा ६० ग्राम सुन अथवा एप्पल म्याकबुक प्रो सार्थ आईफोन १२ प्रो म्याक्स अथवा रोयल ईन्फील्ड ३५० सीसी बुलेट बाईक पाउन सक्नेछन् ।

यस्तै कुनै पनि एचसीभी साथै आईसीभी टिप्परको एक वटा गाडी खरिदमा ३० ग्राम सुन अथवा आईफोन १२ प्रो म्याक्स अथवा टिभिएस एन्टर्क स्कुटर पाउन सक्न्ेछन् । त्यस्तै गरी दुई वटा एचसीभी र आईसीभी टिप्परको खरिदमा ६० ग्राम सुन सुन अथवा एप्पल म्याक बुक प्रो र आईफोन १२ प्रो म्याक्स अथवा रोयल ईन्फील्ड ३५० सीसी बुलेट बाईक पनि पाउन सक्नेछन् ।

यो योजना अन्तर्गत बम्परमा तीन जना भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । चाडपर्ब लक्षित यो योजना मंसिर ३० गतेसम्म मात्र लागु हुने बताइएको छ ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार १८:१७