२५ असोजदेखि हकप्रद सेयर निष्कासन गर्दै एक्सेल डेभलपमेन्ट बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

२५ असोजदेखि हकप्रद सेयर निष्कासन गर्दै एक्सेल डेभलपमेन्ट बैंक



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले २५ असोजदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले १०ः३ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । 

बैंकले एक सय रुपैयाँ अंकित दरका २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद जारी गर्नेछ। बैंकले हकप्रद निष्कासनका लागि १ असोजदेखि सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो ।

यसअनुसार ३१ भदौसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ । 

हकप्रदमा एनआईबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयरमार्फत १४ कात्तिकसम्म आवेदन दिन सक्नेछन् ।

चुक्ता पूँजी ८१ करोड ११ लाख २१ हजार २२४ रुपैयाँ रहेको यस कम्पनीको हकप्रद निष्कासनपश्चात् एक अर्ब ५ करोड ४४ लाख ५७ हजार ५९२ रुपैयाँ पुग्नेछ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई इक्राएनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको जनाउँछ ।

प्रकाशित : ७ आश्विन २०७८, बिहीबार ११:००