सपोर्ट माइक्रोफाइनान्सको मुनाफा २७ लाखले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सपोर्ट माइक्रोफाइनान्सको मुनाफा २७ लाखले घट्यो



supportकाठमाडौं, १७  साउन । ४ करोड रुपैयाँ चुक्ता पुँजी भएको सपोर्ट माइक्रोफाइनान्सको २७ लाख रुपैयाँ नोक्सानमा रहेको छ । जबकी गत वर्षको सोहि अवधिमा ६ लाख रुपैयाँ नोक्सानमा नै रहेको थियो ।

सपोर्ट माइक्रोफाइनान्सको जगेडकोष ३४ लाख रुपैयाँ नेगेटिभमा रहेको छ । निक्षेपमा ६४ लाख रुपैयाँ संकलन गरेको छ । गत वर्षको सोहि अवधिमा निक्षेप भने संकलन गरेको थिएन । माइक्रोफाइनान्सले कर्जामा १० करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ । यसको खुद व्याज आम्दानीमा १८ गुणाले वृद्धि गरी ३६ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको सोहि अवधिमा २ लाख रुपैयाँ रहेको थियो । त्यस्तै संचालन मुनाफा ३० लाख रुपैयाँ नेगेटिभमा रहेको छ । यसले प्रोभिजनमा १४ लाख रुपैयाँ राखेको छ भने ३ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।

सपोर्ट माइक्रोफाइनान्सको निष्कृय कर्जा शुन्य रहेको छ भने जोखिम युक्त सम्पत्ति ३३ दशमलव ८६ प्रतिशत रहेको छ ।

प्रकाशित : १७ श्रावण २०७३, सोमबार १३:०९