प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित



काठमाडौं । प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक २०७८ लाई पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको हो ।

एमाले सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरेका थिए ।

आर्थिक वर्ष २०७८/७९को बजेट ल्याउँदा ल्याइएको अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयकहरूमध्ये अघिल्लो बैठकले विनियोजन विधेयक २०७८ पारित गरेको थियो ।
बिहीबार राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक पारित गरेको हो ।

प्रकाशित : ७ आश्विन २०७८, बिहीबार १५:१२