प्रचण्डको आक्रोश : जसलाई धेरै मन्त्री बनाएँ, उही धेरै भगौडा भएर निस्क्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रचण्डको आक्रोश : जसलाई धेरै मन्त्री बनाएँ, उही धेरै भगौडा भएर निस्क्यो



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूमाथि आक्रोश पोखेका छन् ।

वाईसीएलको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मैले जसलाई धेरै मन्त्री बनाएँ, त्यही धेरै भगौडा भएर निस्क्यो । त्यो टोपबहादुरलाई मैले बनाएँ । त्यो भाग्यो । बादललाई बनाएँ । सरकारको नेतृत्व तपाई गर्नुस् भनेर बनाएको त हामीले हो नि । अहिले हेर्नुस् त भगौडा बनेर गयो ।’

प्रचण्डले यसमा आफ्नो पनि केही कमजोरी रहेको भन्दै अरूलाई दोष नदिने पनि उल्लेख गरे । ‘अब अरूलाई केही भन्दिनँ । बिग्रेको मै हो । म अब सच्चिन्छु । अब तपाई के गर्नुहुन्छ गर्नुस् । म अरूलाई भन्दा आफैलाई करेक्सन गर्नुपर्छ,’ उनले भने, ‘अब कति बाँचिन्छ बाँचिन्छ । म ज्यान फालेर लाग्छु । समाजवादी क्रान्ति ल्याउन । बुढेसकालमा माओले जस्तै म पनि क्रान्ति गर्छु । तपाईहरू साथ दिनुस् ।’

प्रकाशित : ७ आश्विन २०७८, बिहीबार १५:१५