गृह नगरमा कांग्रेस नेता श्रेष्ठको समूह ‘क्लिन स्वीप’, थापा पक्षको पल्लाभारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

गृह नगरमा कांग्रेस नेता श्रेष्ठको समूह ‘क्लिन स्वीप’, थापा पक्षको पल्लाभारी



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय स्तरका नेता तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठको गृह नगर पुतलीबजारमा उनको समूह पराजित भएको छ । पछिल्लो समय वडा तहका अधिवेशनमा समेत आलोचित हुँदै आईरहेका बेला श्रेष्ठको समूहले गृह नगरमा नराम्रोसँग हार व्यहोरेको हो ।

श्रेष्ठले आफ्नो गृह नगरमा आलोचनाका बाबजुत आफ्नै नाती बिक्रान्तकुमार श्रेष्ठ (सुवर्ण)लाई नगर सभापतिको उम्मेद्वार बनाएका थिए । सधै परिवारलाई मात्रै राजनीतिमा स्थापित गर्न खोज्ने भन्दै उनको आलोचना भएको थियो । सुवर्णलाई दोब्बर वढी मतले पराजीत गर्दै राजु थापा पक्षका सुरजकुमार अधिकारी नगर सभापतिमा बिजयी भएका छन् ।

पछिल्लो मत परिणाम अनुसार अधिकारीले २३२ मत पाउँदा सुवर्णले जम्मा १ सय ८ मत मात्र पाए । यो मतको मतान्तर १ सय २४ मतको रहेको छ । अन्य पदाधिकारी उपसभापति, सचिव र सह सतिवमा पनि थापा टिमकै बर्चस्व रहँदा श्रेष्ठ समूहको ‘क्लिन स्वीप’ भएको छ । यस्तै पदाधिकारीमा समेत यो सँगै थापा निकट समूह वडा तहमा जस्तै पालिका स्तरमा पनि हावी भएको छ ।

No description available.

थापा नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापतिको उम्मेद्वार समेत हुन् । यसअघि कांग्रेस नेता श्रेष्ठले आफ्नै वडा पुबनपा ३ मा पनि आलोचनाका बीच आफ्ना दुइ छोरालाई क्षेत्रीय प्रतिनिधि बनाएका थिए ।

यसरी थापा निकट बिजयी भएका स्थानीय तहमा पुतलीबजार नपा (सुरज कुमार अधिकारी), फेदिखोला गापा (महेन्द्र थापा), विरुवा गापा (डोलराज पोखरेल), हरिनास गापा (टोपबहादुर भुजेल), भीरकोट गापा (यामप्रसाद अधिकारी लक्ष्मण), आधिखोला गापा (नरेन्द्र पौडेल) र अर्जुनचौपारी (बिष्णु काफ्ले) रहेका छन्। अधिकांश पालिकाका पदाधिकारीहरु उपसभापति, सचिव र सहसचिवमा पनि थापा टिमकै बर्चस्व रहँदा श्रेष्ठ समूहको ‘क्लिन स्वीप’ भएको छ।

यस्तै, २ स्थानीय तहमा गल्याङ नगरपालिकामा बिजयी भएका श्याम प्रसाद बस्याल वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँण निकट मानिन्छन् भने चापाकोटमा निर्विरोध निर्वाचित भएका बिक्रम सारु प्रदेशसभा सदस्य भागवत प्रकाश मल्ल समूह निकट मानिन्छन्।

प्रकाशित : ९ आश्विन २०७८, शनिबार २१:४८