व्यवसायीका संघसंस्थामा चुनाव हुन्छ तर हारजित हुँदैनः वरिष्ठ उपाध्यक्ष ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

व्यवसायीका संघसंस्थामा चुनाव हुन्छ तर हारजित हुँदैनः वरिष्ठ उपाध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघ÷संस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक भए पनि त्यसलाई जित वा हारका रुपमा लिन नहुने बताएका छन्। सप्तरी उद्योग वाणिज्य संघको ११औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघसहित जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्ने र त्यसो हुन नसके पनि निर्वाचनको भोलिपल्ट देखि नै एकतावद्ध रुपमा अघि बढ्नुपर्ने बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष ढकालले आफूहरुले ७७ जिल्लाकै व्यवसायीलाई महासंघको केन्द्रीय नेतृत्वसँग जोड्ने प्रयास गरेको उल्लेख गर्दै सम्भावना भएका क्षेत्रमा महासंघ पदाधिकारी र काठमाडौंका ठूला व्यावसायिक घरानालाई लगानीका लागि उत्प्रेरित गर्ने काम आफूहरुले गरिरहेको बताए ।

महोत्तरीको गौशालामा कागज उद्योग स्थापनाको काम सुरुगरेको उल्लेख गर्दै उहाँले १ वर्षभित्रमा उद्योग सञ्चालनमा ल्याइने जानकारी दिए ।
आईएमई समूहका अध्यक्षसमेत रहनुभएका ढकालले चन्द्रागिरीको पर्यटन पूर्वाधारको सफलतासँगै सातवटै प्रदेशमा यस्ता पूर्वाधार निर्माणमा आफूहरु जुटेको जानकारी दिए ।

प्रकाशित : १० आश्विन २०७८, आईतवार ०६:३६