सिभिल बैंकले युनिक फाइनान्स एक्वायर गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिभिल बैंकले युनिक फाइनान्स एक्वायर गर्ने



काठमाडौं १८ साउन। सिभिल बैंकले युनिक फाइनान्स एक्वायर गर्ने भएको छ । दुई संस्थाबीच सोमबार एक्वायरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले अनलाइनखबरलाई बताए ।

२३ करोड रुपैयाँ चुक्ता पुँजी भएको यो फाइनान्स एक्वायर गरेपछि बैंकको चुक्ता पुँजी साढे ५ अर्ब रुपैयाँ पुग्ने छ ।  बैंक २ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स (आइएलएफसी) लाई मर्जर कम्पनीसँग मर्जरो प्रक्रियामै छ ।

युनिक फाइनान्ससँगकको मर्जरबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्घ िभई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज बताइएको छ ।

बैंकले २०७४ असार मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ८ अर्ब पुर्‍याउन बोनस शेयर र हकप्रद शेयर जारी गर्नुका साथै मर्जर तथा एक्वायरलाई अघि बढाउने सीइओ महर्जनले बताए ।

 

प्रकाशित : १९ श्रावण २०७३, बुधबार ०५:३२